Vision (परिकल्पना):
शुसासन र प्रविधिको उच्चतम प्रयोग गरी समुदायको सम्पुर्ण वित्तिय समाधानको साथै सदस्यहरुको सर्रवाङ्गीण विकासका लागी सबैको रोजाई हाम्रो सहयोगी ।
Mission (ध्येय):
सहकारी सिद्धान्त अनुरुप सदस्यको आर्थिक, सामाजिक र संस्कृतिक बिकासका लागी स्वस्थ्य प्रतिस्पर्धा बाट नबिनतम प्रविधि प्रयोग गरी शुसासन यूक्त दिगो वित्तीय सेवा प्रदान गर्ने ।
ग) आधारभुत मुल्यहरु
क) समानता (Equality)ः–सदस्यहरुलाई बिभेदरहित ढंगवाट सेवा प्रदान गरीनेछ ।
ख) इमानदनरीता(Honesty)ः–सदस्यहरुको बचतमा उचित व्याज प्रदान गरी त्यसको सहि सदुपयोग र सुरक्षा प्रदान गरीनेछ ।
ग) प्रजातान्त्रिकव्यवस्थापन(Democratic Management )ः–प्रजातान्कि शैली बाट संस्थाको संचालक समिति, लेखा तथा सुपरीवेक्षण समिति र कर्मचारीहरु निर्वाचित तथा छनौट गरीनेछ ।
घ) जवाफदेहिता(Accountability)ः–संस्थामा भएका सम्पुर्ण गतिबिधिहरु र कारोवार सम्वन्धिसंचालक समिति सदस्यहरु त्था नियमनकारी निकायप्रति जवाफदेहि हुनेछन्।
ङ) सिर्जनशिलता(Creativity)ः–नयांनयांप्रबिधिहरु, उत्पादनहरुको सिर्जना तथा प्रयोग गरी सदस्यहरुलाई छिटोछरीतो र सुलभ ढंगबाट सेवा प्रदान गरीनुको साथै उनिहरुको आर्थिक उन्नतिमा टेवा पु¥याईनेछ ।
च) पारदर्शिता(Tranparency)ः–संस्थाको वित्तीय स्थितिबारे सदस्यहरुनियमकारी निकायहरुमा जस्ताको त्यस्तैजानकारी गराईनेछ ।
छ) सहभागीतामुलक(Participatory)ः–संस्थाले गरेका बिभिन्न उत्पादनतथा सेवाहरुमा सदस्यहरुलाई सहभागी गराउनुका साथै संस्थाको महत्वपुर्ण निर्णयहरु वर्षिक साधारणसभामा सम्पुर्ण सदस्यहरुको सहभागीतामा गरीनेछ ।
ज) व्यवसायीकताः–(Professionalism)संस्थालाईपुर्ण रुपमा विधि संबत ढंगले गुणस्तरीय सेवा विस्तार गर्दै लगिने छ ।
Goals & Objectives(लक्ष्य र दिर्घकालिन उद्देश्यहरु):
क) संस्थामा संलग्न सदस्यहरुविच स्वावलम्वन, पारस्परिक सहयोग एवं मितव्ययिताको अभिवृद्धि गरी नियमित बचत गर्ने बानि प्रवद्र्धन गर्ने ।
ख) सदस्यहरुको व्यक्तिगत क्षमता विकास तथा उनीहरुको उत्पादन, व्यवसाय तथा पेशाको अभिवृद्धिका लागी बचत परिचालन गर्ने ।
ग) सदस्यहरुको आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशिल, आयमुलक, सीपमुलक क्षेत्रमा लगानी व्यवस्थापन कार्यको प्रवद्र्धन गर्ने ।
घ) समुदाय भित्र सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यावरण संरक्षण जस्ता क्रियाकलापको प्रवद्र्धन गर्ने ।
ङ) बीमा समितिको स्वृकृति लिई सदस्यहरुको लागी जीवन वीमा, निर्जीवन बीमा, स्वास्थ्य बीमा तथा बालीवीमा(कृषि उत्पादन) कार्यक्रमहरु संचालन गर्ने ।
च) परिवर्तित नयां प्रविधिको ग्रहण र प्रयोग गर्ने क्षमता विकास गर्ने ।
छ) संस्थाको व्यवशायिक क्षमता विकास र प्रवद्र्धनका लागि संघीय संरचनामा आवद्ध हुने जस्तै ः(विषयगत जिल्ला संघ, जिल्ला सहकारी संघ, रष्ट्रिय सहकारी बैक, लगायतको सदस्यता लिने) ।
ज) नेपाल सरकारको पूर्व स्वीकृती लिई दातृ निकायहरुबाट बिना शर्त प्राप्त हुने कार्यक्रमगत तथा पूजीगत अनुदान स्वीकार गर्ने ।
झ) समान उद्येश्य भएका स्थानीय, राष्ट्रि तथा अन्र्तराष्ट्रिय संस्थाहरुसंग अपसी हितकोलागि सम्वन्ध राख्ने ।
ञ) नेपाल सरकार, नेपाल राष्ट्रबैकँ, सहकारी बैकं, वाणिज्य बैकं, वित्त कम्पनीहरु, विकास बैकंहरु एवं अन्य सम्बन्धित निकायबाट थोक ऋण लिई सदस्यहरुलाई अयमुलक लघुकर्जा प्रदान गर्ने र ऋण फिर्ता गर्ने ।
ट) सदस्यहरुको संस्थागत विकासका लागि आय आर्जन परीयोजना संचालन गर्ने ।
ठ) संस्थाका कमजोर सदस्यहरुलाई आवद्ध गरी उनीहरुको आर्थिक तथा सामाजिक उत्थानका लागी वित्तिय, बजार सम्वन्धि सीप विकास एवं प्रविधि हस्तान्तरणमा सहयोग गर्ने ।
ड) उत्पादनमुलक उद्योग संचालन गर्नका लागि सहकारी संस्थाहरुको जमानीमा आपसी संझौताका आधारमा सुरक्षाको प्रवन्ध मिलाई कच्चा पदार्थ उत्पादक कृषकहरुलाई थोक ऋण दिने र उनीहरुबाट ऋण असुल गर्ने । वस्तुहरुको विक्री वितरणको लागि सहयोग गर्ने ।