Saving Products
Hamro Sahayogi Sahakari is providing the following saving products for their valued members.
Monthly Regular Saving (मासिक नियमित बचत)
- प्रत्येक महिना तोकिएको मासिक बचत रकम अनिवार्य बचत गर्नु पर्नेछ ।
- मासिक रुपमा सदस्यले रु.१००।– देखी रु.१,०००।– सम्म जम्मा गर्न सकिनेछ ।
- संस्थाको शेयर सदस्य बनी सकेपछि यो खाता अनिवार्य सञ्चालन गर्नु पर्नेछ तर संस्थागत खाता सञ्चालन गर्ने संस्थालाई अनिवार्य हुने छैन ।
- मासिक बचत जम्मा गरेको १५/१५ वर्षमा जम्मा भएको रकमको ८० प्रतिशत बचत फिर्ता दिईनेछ।
- संस्थाले शेयर थपको आव्हान गरेमा जम्मा बचतको ८० प्रतिशत शेयरमा रकमान्तर गर्न पाईनेछ ।
- आवश्यक भएमा जम्मा भएकोे रकमको ८० प्रतिशत सम्म निक्षेप ऋण पाईनेछ ।
- माथि जुन सुकै कुरा लेखिएको भएता पनि ७५ वर्ष उमेर पुरा भएका सदस्यलाई मासिक वचत खातामा जम्मा भएको रकमको ८० प्रतिशत सम्म वार्षिक रुपमा भुक्तानी दिईने छ
- लघु बचत खाता अन्तर्गत खोलिएका खाताहरु मासिक नियमित वचत सरह संचालन भएको मानिने छन् ।
- दैनिक मौज्दातका आधारमा व्याज प्रदान गरिने ।
- त्रैमासिक रुपमा व्याजलाई पुँजिकृत गरिने छ ।
Dividend Saving (लाभांश बचत)
- शुन्य मौज्दातमा शेयर खरीद पश्चात खाता स्वतः खोलिने छ ।
- यस खातामा संस्था बाट प्राप्त शेयर लाभांश, संरक्षित पुँजी फिर्ता कोषको रकम र संस्थाबाट प्रदान गरिने अन्य रकम संस्थाले जम्मा गरीदिनेछ ।
- यस बचत खातामा सदस्यले स्वेच्छिक जम्मा गर्न पाउने छैनन् ।
- यस खाताको भुक्तानी अन्य बचत खातामा रकमान्तर गरी भुक्तानी दिईनेछ ।
- खाताको स्टेटमेन्ट निःशुल्क प्रदान गरिने ।
- दैनिक मौज्दातका आधारमा व्याज प्रदान गरिने ।
- त्रैमासिक रुपमा व्याजलाई पुँजिकृत गरिने छ ।